लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

निरन्तर न्यूज
१४ श्रावण २०८३, बिहीबार १२:४४

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न उच्चस्तरीय वार्ता समिति गठन गरेका छन्।

बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। अर्थमन्त्री वाग्लेले समितिलाई आजैदेखि पीडित पक्षसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन्।

समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य छन्। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव तोकिएका छन्।

समितिको पहिलो बैठक बिहीबार अर्थ मन्त्रालयमा बस्दै छ। बैठकले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ताको कार्यसूची तय गर्दै आजै संवाद प्रक्रिया अघि बढाउने तयारी गरेको मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*