अमेरिकामा २ बच्चासहित ४ जना नेपाली मृत भेटिए

काठमाडौं । अमेरिकामा २ बालबालिकासहित ४ नेपाली मृत फेला परेका छन् । भर्जिनियास्थित म्यानेसस पार्कको एक घरमा २ बालबालिकासहित चार नेपाली मृत अवस्थामा फेला परेका हुन्। मृतकमध्ये ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन्। उनीहरु एकै परिवारका हुन वा होईनन भन्ने खुलिसकेको छैन । स्थानीय समयअनुसार बिहीबार राति १०ः४० बजे घरधनीले प्रहरीलाई आफ्नो घरमा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरेका थिए। त्यसपछि घटनास्थल पुग्दा तलको अपार्टमेन्टमा चार जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। प्रारम्भिक अनुसन्धानमा सबैको मृत्यु गोली लागेर...