मकवानपुरमा ३ सेट कौडा र नगद ८ लाखसहित २२ जुवाडे पक्राउ
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–५ राजदमारस्थित मिलन थिङको घरमा जुवा खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार राति १ बजेतिर बकैया गाउँपालिका–५ राजदमारस्थित मिलन थिङको घरमा जुवा खेलिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी हात्तिसुडेबाट खटिएको २१ जनाको टोलीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट ३ सेट कौडा र नगद आठ लाख ३६ हजार ४० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पक्राउ पर्नेहरूमा मकवानपुर, सिन्धुली, रौतहट लगायत विभिन्न जिल्लाका व्यक्ति छन्। प्रमुख पक्राउ परेका व्यक्तिहरूमा बकैया–५ राजदमारका ४६ वर्षीय मिलन थिङ, हेटौँडा–१८ का ४५ वर्षीय कमल थापा,...