हेटौंडा उपमहानगरले तेस्रो सन्तान जन्माउनेलाई प्रोत्साहन गने

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आफ्नो आगामी नीति तथा कार्यक्रमको हिस्सा स्वरुप तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको छ। केही वर्ष अघि ‘दुई सन्तान इश्वरको वरदान’ भन्ने नारा अपनाउने हेटौंडा उपमहानगरले अब आगामी आर्थिक वर्ष २०८२/८३ बाट तेस्रो सन्तान जन्मलाई प्रोत्साहित गर्न विशेष कोष स्थापना गर्ने र त्यसका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। उपमहानगरका प्रमुख मीनाकुमारी लामाले नगरसभामा पेस गरेको उक्त नीति कार्यक्रमको अनुसार, तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्ने उद्देश्यले एक कोष खडा गरिने र यसमा आधारित योजनाहरू कार्यान्वयन गरिने जानकारी दिइएको छ। यसका साथै, हेटौंडा अस्पतालमा निर्माणाधीन एकसय बेडको बाल र प्रसुती...