बाँकेको बाल सुधार गृहमा झडप हुँदा नौ थुनुवा फरार

नेपालगञ्ज । बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बाल सुधार गृहमा भएको झडपपछि नौ जना थुनुवा फरार भएका छन्। फरार भएकाहरु कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए भन्ने विषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो। उहाँका अनुसार फरार रहेका सबैको खोजी गर्न प्रहरी परिचालन गरिएको छ। ‘झडपका क्रममा १० जना घाइते भएका थिए। घाइतेमध्ये एकको उपचारका क्रममा मृत्यु भएको थियो’, प्रनाउ डाँगीले भने। झडपमा रुपन्देहीको कञ्चन गाउँपालिका–४ का सुलभ केसीको मृत्यु भएको उहाँले जानकारी दिए। प्रनाउ डाँगीका अनुसार उनी अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीको मुद्दामा बाल...