टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ
काठमाडौं । नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन् । बुधबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हाे । रुपन्देही प्रहरीले पक्राउ गरेको पुष्टि गरेको छ । सन्दीपलाइ बिहीबार काठमाडौं ल्याइनेछ । पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि उनको बयानका आधारमा रायमाझीका बाबुछोरालाई पक्राउ पुर्जी जारी भएको थियो । यो प्रकरणमा प्रहरीले पूर्वमन्त्री टोपबहादुर रायमाझीका नाममा पनि पक्राउ पूर्जी जारी भएको छ । छोरा पक्राउ पर्नु...



















