काँग्रेस विशेष महाधिवेशनः प्रतिनिधिहरुको नाम दर्ता धमाधम

काठमाण्डाैँ । नेपाली काँग्रेसको ऐतिहासिक विशेष महाधिवेशन आजदेखि काठमाण्डुको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन बिहान ८ बजेबाट सुरु भएको महाधिवेशनमा प्रतिनिधिको नाम दर्ता गराउने क्रम जारी रहेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ । ७ वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ । महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । देशभरबाट प्रतिनिधि...