योगले आत्मानुशासन सिकाउँछः प्रदेश प्रमुख देवकोटा
हेटाैँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले योगले आत्मानुशासन र सह अस्तित्वको बाटो सिकाउने बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवस २०२४ (जुन २१) को अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले आजको व्यस्त जीवनशैलीमा मानिस तनाव, चिन्ता र रोगहरूले ग्रस्त भइरहेको अवस्थामा योग नै शान्त, निरोगी र सुदृढ बनाउने अमूल्य साधन भएको बताउनुभयो । योगलाई केवल व्यायाम नभई एक समग्र जीवनदर्शन भएको उहाँको भनाई छ । उहाँको सन्देशमा भनिएको छ, “पूर्वीय सभ्यताले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक र संवेगात्मक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न योगाभ्यासलाई आत्मसात गर्यो ।” योगको चमत्कारिक प्रभावलाई पश्चिमी जगत् लगायत समग्र विश्वले...