नेपाल–चीन सम्बन्धलाई नयाँ सहकार्यमा जोड्नुपर्ने

काठमाडौं । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षको अवसरमा आयोजित सेमिनारमा ऐतिहासिक सम्बन्धलाई आधुनिक आर्थिक, सांस्कृतिक, शैक्षिक र जनस्तरीय सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइएको छ। Friends of Silk Road Club–Nepal द्वारा आयोजित कार्यक्रममा नेपाल तथा चीनका प्राध्यापक, अनुसन्धानकर्ता र विज्ञहरूले नेपाल–चीन सम्बन्ध, क्षेत्रीय परिवेश, इतिहास, संस्कृति, आर्थिक सहकार्य र भावी सम्भावनाबारे धारणा राखेका थिए। कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलले नेपाललाई ‘land-linked’ मुलुकका रूपमा विकास गर्दै चीनसँगको कनेक्टिभिटीलाई क्षेत्रीय व्यापार र आर्थिक अवसरसँग जोड्नुपर्ने बताए। विश्वविद्यालय तथा अनुसन्धान संस्थाबीच सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो। चिनियाँ विज्ञहरू Xie Chao, Hu Xiaowen, Wei...