नेपाल–भारत सम्बन्ध ‘रिसेट’ गर्ने ऐतिहासिक अवसर : रवि लामिछाने
काठमाण्डाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले पुनर्परिभाषित गर्दै ‘विकास कूटनीति’ मा आधारित साझेदारी निर्माण गर्नुपर्ने बताएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमा लामिछानेले नेपालमा शान्तिपूर्ण र लोकतान्त्रिक परिवर्तनमार्फत नयाँ राजनीतिक युगको सुरुवात भएको दाबी गर्दै रास्वपालाई नेपालको नयाँ राजनीतिक वास्तविकताका रूपमा प्रस्तुत गरेका छन्। उनले नेपालमा भएको परिवर्तनलाई मतपेटिकाको क्रान्तिको संज्ञा दिएका छन्। उनले भनेका छन् ‘गैर-दलीय व्यावसायिक र राजनीतिक क्षेत्रमा नयाँ व्यक्तिहरूद्वारा स्थापना गरिएको एउटा राजनीतिक दलले चार वर्षभन्दा कम अवधिमा संसदमा दुई तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित...


















