कतार र इराकस्थित अमेरिकी सैन्य अड्डामा इरानद्वारा मिसाइल हमला

दोहा : इरानले आफ्ना आणविक केन्द्रहरूमा भएको अमेरिकी हमलाको प्रतिकार स्वरूप सोमबार रातिकतार र इराकस्थित सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको छ।बिबिसीका अनुसार कतारले अमेरिकाद्वारा सञ्चालित अल उदैद सैन्य अड्डामाथि आक्रमण भएको पुष्टि गरेको छ। कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिनुको साथै आकाशमा ज्वाला पनि देखिएको अल जजिराले बताएको छ। इरानको सेनाले सोमबार कतारस्थित अल उदैद अमेरिकी एयरबेसमा ‘विनाशकारी र शक्तिशाली’ मिसाइल हमला गरेको दाबी गरेको छ। अल उदेइदमा १० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्। कतारका रक्षामन्त्रीले अल जजीरालाई उद्धृत गर्दै बताए अनुसार कतारी हवाई सुरक्षा प्रणालीले अमेरिकी सैन्य बेसतर्फ प्रक्षेपित गरिएका मिसाइलहरू रोक्न सफल भएको...