एयर इन्डिया विमान दुर्घटना : एक व्यक्तिको जीवितै उद्धार

काठमाडौँ । भारतको अहमदाबाद दुर्घटनाग्रस्त भएको विमानमा सवार एक व्यक्तिको जीवितै उद्धार भएको छ । यसअघि विमानमा सवार २४२ जना यात्रुकै मृत्यु भएको स्थानीय प्रशासनले जानकारी गराए पनि एक जना व्यक्ति जीवितै रहेको पाइएको भारतको न्युज १८ डटकमले जनाएको छ । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।’ दुर्घटनामा जीवित रहेका व्यक्ति ४० वर्षीय विश्वास कुमार रमेश रहेको भनिएको छ । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ । भारतमा आफन्त भेट्न आएका विश्वास आफ्ना दाजु अजय कुमार रमेशसँग बेलायत फर्किँदै दिए । हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले भनेका छन्, ‘टेकअफ गरेको ३० सेकेन्डमै ठुलो...