कुवेतमा मकवानपुरे चेलीको मृत्यु
हेटौंडा । वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी मकवानपुरे चेलीको कुवेतमा मृत्यु भएको छ । कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत काँकडा मकवानपुरकी सरिता थिङको आदान अस्पातलमा उपचारकै क्रममा मृत्यु भएको हो । ग्यास्ट्रिक बिग्रिएर अल्सर भए पछी अस्पातल भर्ना भएकी थिङको १० जनवरी आईतवार मृत्यु भएको नेपाली राजदूताबास कुवेतका द्धितिय सचिब श्रीकृष्ण सिलवालले पुष्टी गरेको नेपाल पत्रकार महासंघ कुवेत शाखा अध्यक्ष हरी कृष्ण न्यौपानेले जानकारी दिए । थिङ बिरुद्द २ बर्ष पहिले घरबाट भागेको (रनवे) मुद्दा परेको थियो । थिङ अबैधानिक रुपमा लुकेर काम गर्दै आएकी थिइन् । दूतावासका अनुसार अबैधानिक रुपमा भारतीय बाटो हुँदै आएको...



















