टेरामक्स भ्रष्टाचारमा मुछिएका सांसद माेहन बस्नेतसहित १६ प्रतिवादी
काठमाडौं । टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा अनियमितता भएको औल्याउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ । आयोगको केन्द्रीय कार्यालय टंगालले बिहीबार विशेष अदालतमा १६ जना व्यक्ति र दुुई कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टेरामक्स खरिद प्रकरणमा परामर्शदाता छनोट गर्दा नै योग्यता नपुग्ने प्रस्तावको गलत प्रतिवेदन तयारी गरी छनोट गरेर ठूलो रकम घोटाला भएको छ । जसअनुसार प्रतिवादीहरुबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ । यो...



















