मकवानपुरकाे भूवनचुली घटना: प्रहरीद्वारा ४ महिला र ३ पुरुष सार्वजनिक

हेटौंडा। बुधबार बिहान धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती ८ भूवनचुलीमा घटनामा संलग्न ७ जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ। बुधबार बिहान बागमती गाउँपालिका-८ भुवनचुली देउडीभञ्ज्याङस्थित धरान-चतरा सडकको नालीमा हेटौंडा १६ का ३८ वर्षीय मिलन दंगाल मृत भेटिएका थिए। घटनास्थलमा मृत अवस्थामा फेला पारेका दंगालको शव रगतले लतपतिएको, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेपछि घटना शंकास्पद देखिएपछि मकवानपुर प्रहरीले घटनालाई अनुसन्धानको दायरामा ल्याउन ७ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा बकैया गाउँपालिका-३ का ३६ वर्षीय प्रशान्त लामा, ललितपुरको गोदावरी नगरपालिका-१२ का २४ वर्षीय किसन दानी, बाराको निजगढ नगरपालिका-३ का १९ वर्षीया इनिसा...