काठमाण्डौं जोड्ने कान्ति लोकपथ दैनिक तीन घण्टा खुल्ने

हेटौंडा । हेटौँडा –काठमाण्डौं जोड्ने कान्ति लोकपथ दैनिक तीन घण्टा खुल्ने भएको छ । मर्मतका लागि आजबाट एक महिना सम्म बन्द गरिएको भएपनि दैनिक ३ घण्टा भने सञ्चालन गरिने भएको हो । मर्मतका लागि गएको चैत १ गतेदेखि ४५ दिनका लागि बन्द रहेको सडकमा काम पूरा नभएकाले अब दैनिक तीन घण्टामात्र खुलाउन लागिएको हो । मकवानपुरको हेटौँडाबाट ठिङ्गन, बगुवा, काल्चे, भट्टेडाँडा, तीनपाने, टीकाभैरव हुँदै ललितपुरको सातदोबाटो जोडिने यो सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म तीन घण्टा खुला रहने कान्ति लोकपथ आयोजनका इन्जिनियर रवीन्द्र महर्जनले बताउनुभयो । उहाँका अनुसार अब बाँकी काम गर्दै अर्को महिना जेठ १५ गतेसम्म सडक...