प्रजातान्त्रिक योद्धा गिरिजा कोइरालाको सम्झनामा हेटौंडामा वृतचित्र प्रदर्शन हुने

हेटौंडा। जिपि कोइराला फाउन्डेसन मकवानपुरको आयोजनामा मंसिर २८ गते शनिबार नेपालका पूर्व प्रधानमन्त्री एव प्रजातान्त्रिक योद्धा स्व. गिरिजा प्रसाद कोइरालाको जीवनमा आधारित `प्रजातन्त्रका लागी अपहरण´ नामक बृत्तचित्र हेटौडामा प्रर्दशन हुने भएको छ । फाउन्डेशनको कार्यालयको उदघाट्न केन्द्रिय अध्यक्ष पूर्व परराष्ट्र मन्त्री एवं संघीय संसद सुजाता कोइरालाले गर्नुहुने आज बिहीवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै फाउन्डेसनका जिल्ला संयोजक नारायण लम्सालले जानकारी दिए । हेटौडाको ओम्याक्स चलचित्र हलमा बृत्तचित्र प्रर्दशन गरिने संयोजक लम्सालले जानकारी दिएका छन्। उनले पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसले प्रजातन्त्र प्राप्तिका लागि बि सं २०३० मा बिमान अपहरण गर्दाका घटना र गीरिजा प्रसाद कोइरालाले प्रजातन्त्रको...