नेपाल टेलिकमकाे २६ शहरमा फोरजी सेवा सुरु हुने
काठमाडौं । नेपाल टेलिकमले ३ नम्बर प्रदेशको राजधानी हेटौँडासहित २६ शहरमा फोरजी सेवा सुरु गर्ने भएको छ । टेलिकमले फोरजी सेवा विस्तार परियोजनाअन्तर्गत बुधबारदेखि देशका २६ शहरमा फोरजी सेवा विस्तार गर्ने भएको हो । टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार हेटौँडासहित भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्जमा फोरजी सेवा शुरु हुनेछ । त्यस्तै, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, रुकुम, रौतहट, सिरहा, बागलुङ, महोत्तरी, बर्दिया, पर्वत, दाङ, नवलपरासी, पाल्पा जिल्लाका सदरमुकाममा फोरजी सेवा उपलव्ध हुनेछ । पहिलो चरणमा २६ शहरहरुमा फोरजी सेवा विस्तार गर्दै नयाँ शहरमा पनि परिक्षण र सेवा विस्तार हुने अधिकारीले...