यी हुन् बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

हेटौंडा । बामती प्रदेशको मन्त्रिपरिषद् बैठक आज बसेको छ । बैठकले बिभिन्न निर्णयहरु गरेको छ । बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकारमातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको हो। बैठकले दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव)मा बढुवा गर्नेसमेत निर्णय गरेको छ। स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए। यसैगरी बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई...