सिनामंगलबाट बरामद सुन आज गालिँदै
काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। उनका अनुसार सुन गाल्ने काम साढे १० बजे सुरु हुने छ। यसअघि हिजो (सोमबार) ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुनको तौल ६० किलो ७ सय ८९ ग्राम छ। गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ। सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए। त्यसका लागि केही दिन लाग्नेछ। त्यसपछि मात्रै...

















