पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू
काठमाडौं। आइतबार मध्य रातिबाट स्वचालित मूल्य प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा आएको छ। योसँगै नेपाल आयल निगमले एलपी ग्यासमा कुनै पनि मुनाफा नराख्ने जनाएको छ। डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राख्ने जनाएकाे छ। निगमले यसअघिको भारतसँगको सबै वक्यौताहरु तिरिसकेको र नेपाल सरकारसँगको ३ अर्ब ५० करोड वक्यौता बाँकी रहेको वाणिज्य सचिव मधुकुमार मरासिनीले जानकारी दिए। पेट्रोलमा प्रतिलिटर ६, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर १० रुपैयाँ मूल्य घटेको छ। यसअघिको वर्गीकरणका आधारमा तय गरेको मूल्यमा समान रुपमा घट्ने गरेको आयल निगमले जनाएको छ। भारतीय बजारभन्दा अब पेट्रोलमा १३.२७ पैसा, डिजेलमा ९.९४...


















