बागमतीमा ७ महिनाको बजेट खर्च २० प्रतिशत मात्रै

हेटाैँडा । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको ७ महिनामा २० प्रतिशत मात्रै बजेट खर्च गरेको छ। प्रदेश सरकारले चालू आवका लागि कुल ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँ बजेट ल्याएकोमा १३ अर्ब २ करोड ७० लाख ४३ हजार रुपैयाँ मात्र खर्च गरेको हो। गत माघ मसान्तसम्म कुल बजेटको २०.१८ प्रतिशत बजेट खर्च गरेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत इन्द्रराज सत्यालले जानकारी दिए। उनका अनुसार पुँजीगत बजेट १४.३० प्रतिशत अर्थात् ५ अर्ब ३० करोड ६३ लाख ५१ हजार रुपैयाँ खर्च भएको छ। चालू आवमा प्रदेश सरकारले ३७ अर्ब ९ करोड ८४ लाख ९९...