साबित्रा भण्डारी साम्बालाई मकवानपुरमा सम्मान
हेटौडा । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) मकवानपुरमा आयोजित एक विशेष कार्यक्रममा सम्मानित भएकी छन्। ‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान एवम् सम्मान’ शीर्षकको उक्त कार्यक्रममा सञ्चारिका समूह नेपाल, मकवानपुर शाखा र आर्थिक प्रायोजनकर्ता हेटौडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवं खेलकुद प्रेमी पुरन बहादुर जोशीको सहकार्यमा साम्बालाई नगद ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि हेटौडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाले अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चम्काउने खेलाडी साम्बालाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्दै भने, “राष्ट्रिय गौरव बढाउने खेलाडीहरू हाम्रो प्रेरणाका स्रोत हुन्। उनीहरूसँग एउटै मञ्चमा उभिन पाउनु गर्वको कुरा हो।” विशिष्ट...