कोरोनाको कारण तत्काललाई दक्षिण कोरियाले लगायो नेपाली श्रमिकको प्रवेशमा रोक
काठमाण्डौ । कोरोना महामारीका कारण दक्षिण कोरियाले नेपाली श्रमिकको प्रवेशमा रोक लगाएको छ । नेपालमा कोरोना महामारी बढेकाले दक्षिण कोरियाले इपीएस अन्तर्गत कमिटेड श्रमिकका साथै अन्य कामदारको प्रवेशमा तत्काललाई रोक लगाएको कोरियामा रहेको नेपाली दूतावासले जनाएको छ । तर महामारीको अवस्थालाई मध्यनजर गर्दै फेरि अर्को निर्णय गर्ने कोरियाले जनाएको छ । नेपालमा लकडाउन भएकै अवस्थामा केही श्रमिक कोरिया गए पनि अहिले कोरियाले नेपालीको प्रवेशमा रोक लगाएको हो । यस्तै सरकारले कोरियन एअरलाई अक्टोबर महिनाका लागि सिओल काठमाण्डौ एकतर्फी उडानको अनुमति दिएको छ । जसअनुसार कोरियन एअरबाट घर फर्कने नेपालीहरुले एअरलाइन्सका स्थानीय प्रतिनिधि बिनोद कुँवरलाई ०१०–३२८१४७८३ मा...


















