अमेरिकामा भूपाल राईको एकल कविता वाचन

अमेरिकाको बोस्टन सहरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति तथा कवि भूपाल राईको एकल कवितावाचन कार्यक्रम सम्पन्न भएको छ। कवि राईले ११५औं देवकोटा जयन्तीका अवसरमा आयोजना गरिएको कार्यक्रममा, आफ्नो एकल कविता सग्रंह ‘यारी’का कविताहरु वाचन गरेका थिए। उनको यो ‘एकल कवितावाचन कार्यक्रम ‘सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा प्रतिष्ठान’ भन्ने अभिप्रायका साथ थालिएको अभियानको दोस्रो शृङ्खला हो। प्रतिष्ठानका कूलपति तथा कवि राईले यस अभियानको पहिलो शृंखला चितवनबाट सुरु गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नेपालमा धेरै पटक राजनैतिक व्यवस्था तथा सत्ता परिवर्तन भएको भएतापनि १४ सालमा स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठानको अवस्था जहाँको त्यही रहेको दुखेको पोखे। प्रतिष्ठानको वास्तविक...