आज साउनको अन्तिम सोमबार पशुपतिलगायत शिवालयमा भक्तजनकाे भीड

काठमाडाैं । साउन महिना भगवान शिवको अति प्रिय महिना मानिन्छ । विशेष गरी साउनको सोमवार व्रत बसी भगवान शिवको जलअभिषेक, पूजा र ध्यान गर्नाले पारिवारिक सुख, शान्ति, निरोगिता र मनोकाङ्क्क्षा पूरा हुने धार्मिक विश्वास छ । यसै क्रममा काठमाण्डाैँकाे पशुपतिनाथ लगायतका शिवालयमा भक्तजनकाे भीड लागेकाे छ । आज साउनको अन्तिम सोमवार भएकाले महिनाभरि सोमवारे व्रत बसेका श्रद्धालुहरूले विशेष साङ्ग्रो (व्रत उद्यापन) गरी पूजाआजा सम्पन्न गरिरहेका छन् । पशुपति परिसरमा बोलबम ! जय शिव ! को ओझपूर्ण ध्वनि गुञ्जिरहेको छ । सुन्दरीजलबाट धापेर पवित्र वागमतीको जल ल्याई पशुपतिनाथको ज्योतिर्लिङ्गमा चढाउने बोलबमका गेरुवा वस्त्रधारी टोलीहरू विशेष आकर्षण बनेका...