मेस्सीको गोलमा बार्सिलोनाको जित

निरन्तर न्यूज
६ माघ २०७६, सोमबार ११:३३

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले एकमात्र निर्णायक गोल गरे । उनले खेलको ७६औं मिनेटमा गरेको गोलले नै बार्सिलोनालाई जित निकाल्न पर्याप्त भयो ।

बार्सिलोनाका प्रशिक्षक सेटिनले जितसँगै प्रशिक्षक यात्रा थालेका छन् । २० खेल खेलेको बार्सिलोना ४३ अंकसहित शीर्ष स्थानमा छ । समान अंक भएको रियल गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । पराजित ग्रानाडा २७ अंकसहित लिगको १०औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु