बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी भुटनिज युथको पोल्टामा

हेटौंडा । पाँचौं संस्करणको वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को उपाधि विदेशी क्लब भुटनिज युथ स्पोर्टस्ले जितेको छ । मकवानपुरको पूर्वीक्षेत्रस्थित वाग्मती गाउँपालिका–८ स्थित जनता मावि खेल मैदानमा संकट क्लबलाई टाइब्रेकरमा ८–७ गोलअन्तरले पराजित गर्दै अमेरिकन क्लब च्याम्पियन भएको हो । निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेरमा गरिएको हो । निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त समय नखेलाई खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो । निर्धारित समयको पहिलो हाफमै दुबै टिमको तर्फबाट चार गोल भएको थियो । निकैप्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलको पहिलो मिनेटमै भुट्नीजले अग्रता बनाएको थियो । भुट्नीजका लागि प्रबिन...