चुनावी प्रचारको क्रममा बालेन पुगे नेपालगञ्ज

काठमाण्डाैँ । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह चुनावी प्रचारको क्रममा नेपालगञ्ज पुगेका छन् । सोमबार नेपालगञ्ज विमानस्थल पुगेका बालेनलाई स्वागत गर्न स्वागत गर्न पार्टी कार्यकर्ता र समर्थकको भिड लागेको थियो । एयरपोर्टबाट रुफटप कारमा निस्किएका बालेनसँग सेल्फी खिच्ने र उनलाई हेर्न छतछतमा स्थानीय देखिएका छन् । उनी त्यहाँबाट सुदूरपश्चिमका विभिन्न जिल्लामा जाने तयारी रहेको छ ।