वाग्मती प्रदेशमा ५० लाखमाथिका योजनामात्रै माग गर्न मन्त्री श्रेष्ठको आग्रह

सिन्धुली । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले ‘कनिका छरेजस्तो’ बजेटले दिगो विकासको लक्ष्य प्राप्त नहुने भएकाले आगामी आर्थिक वर्षबाट प्रदेशले ५० लाखभन्दा माथिका योजनाको मात्रै काम गर्ने बताएका छन् । सिन्धुलीमाडीमा आइतबार प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले स-साना योजनाहरु स्थानीय सरकारबाटै गर्नुपर्नेमा जोड दिए । संघले समेत ५ लाखका योजना बाँड्ने गरेकोमा त्यसलाई अब सच्याउनु पर्ने भन्दै मन्त्री श्रेष्ठले वाग्मती प्रदेशमा ५० लाखमाथिका योजनामात्रै माग गर्न सरोकारवालाहरुलाई सुझाए । योजना छनौट समुदायको मागमा आधारित हुनुपर्नेमा पहुँच वा पार्टीका नेता, आसेपासेमुखी भएकाले त्यसलाई सच्याउन जरुरी रहेको उनको भनाइ थियो । संविधानसभाबाट संविधान...