कतारले खाेल्यो हवाइ मार्ग, स्थिति सामान्य बन्दै

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकाको अल उदेद एयर बेसमा प्रहार गरेको क्षेप्यास्त्र आक्रमणपछि कतारको जनजीवन सामान्य बन्दै गएको छ। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले हिजो बेलुकीको आक्रमणपछि जनजीवन सामान्य बन्दै गएको जानकारी दिएको दोहा न्यूजले जनाएको छ। कतारले अहिले कुनै गम्भीर खतरा नरहेको भन्दै त्रसित नहुन आफ्ना नागरिकलाई आग्रह गरेको छ। जनजीवन सामान्य बन्दै गएपछि हवाईमार्ग पनि खुला गरिएको छ। इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको थियो। इरानले अमेरिकी आणविक साइटमाथिको हमलाको जवाफस्वरूप कम्तीमा छ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। तीमध्ये एक मात्रै बेसभित्र खसेको र अरू सबै कतारको...