बिद्यालयस्तरसम्म विपद सुरक्षा संस्कृति विकास गरिनेः आन्तरिक मन्त्री श्रेष्ठ
हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले विद्यालयस्तरबाट विपद सुरक्षा संस्कृति विकास गरिने बताएका छन । मन्त्रालयको आयोजनामा भएको बागमती प्रदेश स्तरीय विपद प्रतिकार्यको कृत्रिम अभ्यास कार्यक्रमलाई हेटौँडाको औद्योगिक क्षेत्रमा सम्बोधन गर्दै उहाँले विपद न्यूनीकरणका लागि जिल्लास्तरबाटै विपद सुरक्षा संस्कृतिको विकास गरिने जानकारी दिए । आर्थिक वर्ष ८१–८२ मा प्रदेशका १३ जिल्लाका १३ विद्यालय छनोट गरेर विद्यालय स्तरमा विद्यार्थीहरूलाई सुरक्षा संस्कृतिको बारेमा अध्यापन गराउने तयारी भएको उनको भनाई छ । विपद न्यूनीकरण र व्यवस्थापनका लागि प्रदेश सरकारले गाउँ, टोल र वडा वडा सम्म विपद स्वयम्सेवक परिचालन गरेको बताए । गत आवमा...



















