बजेटमा पथलैया–नारायणगढ सडक विस्तार योजना
हेटाैँडा। सरकारले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने पथलैया–नारायणगढ सडकखण्ड विस्तारका लागि बजेट विनियोजन गरेको छ । उक्त सडक खण्ड अन्तर्गतको पथलैया–नारायणगढ सडक विस्तार कार्य आगामी आर्थिक वर्षमा सुरु गर्ने गरी सरकारले बजेट विनियोजन गरेको हो । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि तर्जुमा गरेको बजेटमा पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिने र सो राजमार्ग अन्तर्गत कमला–ढल्केवर–पथलैया, बुटवल–गोरुसिङ्गे, काँकडभिट्टा–लौकही, पथलैया–नारायणगढ र लमही–भालुवाङ्ग सडकखण्डको स्तरोन्नति सुरु गर्ने उल्लेख छ । पूर्व–पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नतिका लागि सरकारले ३१ अर्ब २ करोड रुपैयाँ विनियोजन गरेको छ । सो सडक अन्तर्गत पथलैया–नारायणगढ सडकखण्डमा हेटौँडा बजार क्षेत्र पर्दछ...



















