अशोक राईको पार्टीका रेणु र प्रदीप उपेन्द्रसँग मिले

काठमाडौं । जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेका छन् । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र बीच‍को एकतालाई स्वीर्कादै उनीहरुले आज जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । ‘मिति २०८२ पुस १३ गते जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित जसपा, नेपाल पार्टीसँग एकीकरण गरियो ‘ सहमति पत्रमा उल्लेख छ । आईतवार मात्रै जसपा नेपाल र लोसपाबिच एकता भएको थियो ।