मातृकाप्रसाद यादव भन्छन्- मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहन्छ
काठमाडौं।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन् । मन्त्री यादवले आफ्नै पूँजी र सीपको प्रयोग गरेर जबसम्म हामी आफैं उत्पादन गर्दैनौं, तवसम्म मुलुकमा व्यापार घाटा कायमै रहने प्रष्टयाएका हुन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुक भित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढन सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए। नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने मन्त्री यादवको भनाई छ । ‘नेपाल बनाउनलाई हामी आफैं सोचौं र आपसी सहकार्य गरौं,’ मन्त्री यादवले भने, ‘सहकार्य गर्नतिर बढि...


















