छोरीलालाई करणी गरेको अभियोगमा बाबु पक्राउ
हेटाैँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिका– १, कुञ्छालमा छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन् । आइतबार पीडित किशोरीले इलाका प्रहरी कार्यालय पालुङमा जाहेरी दिएपश्चात् घटना बाहिर आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविनबाबु अर्यालले जानकारी दिए । सानैमा आमाले छाेडेर गएकि बालिकाकाे ३६ वर्षीय बाबुले गत २०८१ साल भदौदेखि कात्तिकसम्म पटक–पटक ललाइफकाइ गरी घरदेखि टाढा लगेर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक अर्यालले बताए । प्रहरीका अनुसार किशोरी बाबुको जेठी श्रीमतीकी छोरी हुन् । ‘किशोरीले केही करिब डेढ हप्ता अघि परिवारका अन्य सदस्यलाई घटनाबारे जानकारी गराए पछि हामीले पक्राउ...