उच्च अदालत पाटन हेटौंडा इजलासमा ७२ प्रतिशत मुद्दा फर्स्योट

हेटौंडा  । उच्च अदालत पाटन हेटौंडा इजलासले आर्थिक वर्ष २०८१/०८२ मा ७२ प्रतिशत मुद्दा फर्स्योट गरेको छ। अघिल्लो वर्षको तुलनामा चार प्रतिशत कम मुद्दा फर्स्योट भए पनि इजलासले समग्रमा सन्तोषजनक कार्य सम्पादन गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा इजलासले ७६ प्रतिशत मुद्दा फर्स्योट गरेको थियो। तर, हालको आवमा दर्ता भएका मुद्दाको संख्या बढेकाले प्रतिशतमा केही गिरावट आएको हो। अदालतका एक अधिकृतले भने, “मुद्दा संख्या बढेको पृष्ठभूमिमा यो फर्स्योट दर सन्तोषजनक मान्न सकिन्छ।” गत आवमा अदालतमा १ हजार ७ सय २७ थान मुद्दा दर्ता भएका थिए, जसमा अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका मुद्दाहरू पनि समावेश...