मकवानपुरकाे कुलेखानी मुनि सिमखोलामा बेलिब्रिज

हेटाैँडा । गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त मकवानपुरकाे कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनिको सिमखोलामा बेलिब्रिज जडान सुरु गरिएको छ । बेलिब्रिज ज डान गर्न एक साता लाग्ने र पुल भएर सवारीसाधन सञ्चालनमा आउन बढीमा दुई साता लाग्ने यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नभिन सिंहले बताए । ‘ आइतबार बिहानदेखि दक्ष जनशक्ति र आवश्यक उपकरण प्रयोग गरेर बेलिब्रिज जडानको काम भइरहेको छ,’ उनले भने । पुलको दायाँबायाँ अर्थात् पहुँचमार्ग नै बगाएकाले बेलिब्रिज राख्न लागिएको हो । सिमखोलामा बेलिब्रिज हाल्नका लागि भैंसे-भीमफेदी सडकखण्डको घट्टेखोलामा रहेको १३ मिटर लामो र मान्डुखोलामा रहेको ५० मिटर...