हेटाैँडामा सडक भासिएर बेपत्ता भएको गाडी अझै भेटिएन
हेटौंडा । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका १६ गैरीगाउँ माछापोखरीमा सडक भासिएर बेपत्ता भएको एक डिआइ बाेलेराे गाडी शनिबार साँझसम्म पनि फेला परेको छैन । माछा फार्मबाट दाना लिन हेटौंडा बजार जादै गरेको ना ४ च ४८३३ नम्बरको योद्धा डिआइ गाडी भासिएर जमीनमा धसिएको २४ घण्टासम्म पनि फेला परेकाे छैन । घटनास्थलमा रहेका प्रहरीका अनुसार दिनभर पानी तानेर उक्त दलदल सुकाउने प्रयास गरि करिब २० फिट लम्बाइ भएकाे बाँस र रडकाे सहायताले खाेज्दा पनि गाडीकाे कुनै भागसम्म फेला नपरेकाे बताए । एक स्थानीयबासीका अनुसार शुक्रबार दिउँसो गैरीगाउँको कच्ची सडकमा घाँस काट्ने मेसिन लिएर गइरहेका स्थानीय हरिराम राईको ना...