जिल्लामा राहदानी लिने नागरिक बढे, ३ करोड राजश्व संकलन

हेटौँडा । नेपाल सरकारले युवा लक्षित विभिन्न कार्यक्रमहरु शुरुवात गरेपनि युवाहरुलाई श्रम, सीप, क्षमतालाई स्वदेशमा नै खर्चिने लक्ष्य लिइएता पनि मकवानपुर जिल्लाबाट वेदेशिक रोजगारीमा जानको पासपोर्ट बनाउनेको संख्या गत वर्षको तुलनामा केही बढेको छ । आव २०७५/०७६ म राहदानीको लागि साधारण सिफारिस लिनेको संख्या ५ हजार ६ सय ८७ रहेको र यस आ.व. मा त्यो संख्या बढेर ५ हजार ९ सय ७२ पुगेको छ । त्यस्तै दु्रत सिफरिसमा गतवर्ष ४ हजार ५ सय ६३ र यस वर्ष ५ हजार ९८ जना रहेका छन् । यसरी सिफारिस लिएका मध्ये गत वर्ष ४ हजार ९ सय ९७ जनाले...