कृषि विश्वविद्यालयकाे काम अघि नबढाउ : उच्च अदालत

३ साउन, हेटौँडा । मकवानपुर जिल्लाकाे हेटाैँडामा बन्न लागेकाे कृषि तथा वन विश्वविद्यालय अन्तरगतकाे  भवन निर्माणको काम अघि नबढाउन उच्च अदालत पाटन, हेटौँडा इजलासले अन्तरिम आदेश दिएकाे छ । उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधिश चण्डीराज ढकालको एकल इजलासले शुक्रबार कुनै संरचना निर्माण गर्ने जस्ता काम नगर्नु-नगराउनु अन्तरिम आदेश दिएको हो । विवादित जग्गाको रुख काट्ने काम समेत नगर्न आदेशमा भनिएको छ । दुबै पक्षलाई छलफलका लागि साउन ८ गते अदालतमा उपस्थित हुन भनिएको छ । अधिवक्ता मोहनप्रसाद भट्टराई र मोहनप्रसाद ढकालले त्रिवि वन विज्ञान अध्ययन संस्थानको तर्फबाट बहस गरेका थिए । अदालतमा संस्थाको तर्फबाट विजयकुमार...