ओली प्रवृत्ति नेकपाको मात्रै नभएर देशकै समस्या हो : बाबुराम भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति नेकपाको मात्रै समस्या नभएर देशकै समस्या भएको बताएका छन् । सोमबार साँझ एक ट्वीट सन्देशमार्फत् डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले व्यक्ति ओली आफूलाई पनि एकदमै मन पर्ने मान्छे भए पनि समस्या व्यक्ति ओलीमा भन्दा ओली प्रवृत्तिमा रहेको टिप्पणी गरेका छन् । ‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति हो,’ उनले भनेका छन्, ‘व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन् । तर ओली प्रवृत्ति यतिबेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो ।’ उनले ओली प्रवृत्तिलाई...



















