डब्लुएचओका नेपाल प्रतिनिधिद्वारा बागमती प्रदेशमा समन्वयात्मक भ्रमण

हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन डब्लुएचओका नेपालका प्रतिनिधि टोलिबिच छलफल भएको छ । स्वास्थ्य मन्त्री किरण थापा मगर, स्वास्थ्य सचिव डा सुमित्रा गौतम, स्वास्थ्य निर्देशनालयका निर्देशक डा नरेन्द्र कुमार झा, तथा महाशाखा प्रमुखहरू सागर प्रसाद घिमिरे, डा खगेश्वर गेलाल, किरण श्रेष्ठ लगायतसँग विश्व स्वास्थ्य सगठन नेपालका प्रतिनिधि डा राजेस सम्भाजिराव पाण्डव नेतृत्वको उच्चस्तरीय टोलीले दुई दिने प्रदेशस्तरीय समन्वय भ्रमण र छलफल गरेको हो । भ्रमण टोलीमा सिनियर हेल्थ पोलिसी एड्भाइजर डा ग्याम्पो दोर्जे, डा बिनोद गुप्ता, सुधन ज्ञवाली लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले हालै सार्वजनिक गरेको...