किसानहरुलाई थुनेलो रोग नियन्त्रण सम्वन्धि अभिमुखीकरण

हात्तिसुडेँ । बकैयाका दुग्ध कृषकहरुलाई थुनेलो रोग नियन्त्रण सम्वन्धि अभिमुखीकरण गरिएको छ । बाग्मती प्रदेश दुग्ध विकास बोर्डले स्थलगत रुपमा बकैया गाँउपालिकाको हात्तीसुडेँमा कार्यक्रम आयोजना गरेर थुनोलो रोग सम्वन्धी अभिमुखिकरण गरेको हो । दूग्ध उत्पादक कृषकहरु सहित सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रममा किसानहरुको प्रमुख समस्या गाइ भैसिँमा लाग्ने थुनेलो रोग भएको हुँदा थुनेलोले दुग्ध उत्पादनमा ह्रास आउने मात्र नभई पशुको मृत्यु समेत हुने गरेको बताइएको थियो । दुग्ध विकास बोर्डका निर्देशक डाक्टर सजिना ज्ञवालीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता पालिका उपाध्यक्ष भक्तबहादुर खत्रिले गर्नुभएको थियो । यस अवसरमा बोल्दै प्रमुख अतिथी खत्रिले किसान मैत्रि पालिका बकैयामा दुग्ध...