अहिले गरिखाने शिक्षा प्रणाली आवश्यक छ : मुख्यमन्त्री बाँनीया

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले अहिले गरिखाने शिक्षा प्रणाली आवश्यक रहेकाे बताए ।  हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रमको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र गरिबको हित हेर्ने र गर्ने शासन व्यवस्था भएको बताएका हुन् । मुख्यमन्त्रीले सुशासनयुक्त र भ्रष्टाचारमुक्त समाज निर्माणममा लाग्नु पर्ने भन्दै न्यायमुखी, आयमुखी, विकासमुखी अनि गाउँमुखी हुनुपर्छ र यो हाम्रो मूल सिद्धान्त भएको बताउनुभयो ।   उहाँले नयाँ पुस्ताले खोजेको र रोजेको शिक्षा आवश्यक भएको भन्दै यो सूचना र प्रविधिको युग हो । नयाँ प्रविधिको प्रयोग भ्रम सिर्जनासमेत गरेकोले सत्य र भ्रम के हो छुट्याउने जनशिक्त...